Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ८२१ जनामा कोरोना संक्रमण


  • सोमबार, मंसिर २९ २०७७

  • थप ८२१ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो।

    यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।

    त्यस्तै, यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij