Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टर्नेट प्याकेज पाउने


  • सोमबार, मंसिर २९ २०७७

  • सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टर्नेट प्याकेज पाउने

    काठमाडौं – सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र निःशुल्क इन्टरनेट प्याकेज पाउने भएका छन् । सो सम्बन्धि सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता भएको छ ।
    एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    यस सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट प्राप्त गर्नेछन् ।

    सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij