काठमाडौं – चिनी उद्योगीबाट भुक्तानी नपाएको भन्दै पीडित उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन शुरु गरेका छन् । करिब ९० करोड रुपैयाँ बाँकी रहेको भन्दै सर्लाहीबाट आएका किसानहरुले आन्दोलन शुरु गरेका हुन् । एक वर्षअघि पनि उखु किसानले यसैगरि आन्दोलन शुरु गरेका थिए । सो आन्दोलनबाट सरकार र आन्दोलनकारीको बीचमा सम्झौता भएको थियो तर त्यो सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर पुनः काठमाडौं आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।
आफूहरुले सरकारसँग सम्झौता भएपछि आन्दोलनका लागि पुनः काठमाडौं आउनुनपर्ने ठानेको तर सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए । उनले भने–‘अब भुक्तानी नलिई आफूहरु घर फर्किदैनौं, हामी किसान पुरै तयारीका साथ आएका छौं, हामी एकमुष्ट रकम लिएर नै जान्छौ ।’ २०७६ पुस १८ गते सरकार र आन्दोलनकारीबीच पाँच बुँदे सम्झौता भएको थियो । सम्झौता भएकै दिन आन्दोलन स्थगित गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
