Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानव अधिकार सम्मान र पुरस्कार अधिकारी र गैरेलाई प्रदान गरिने


  • बिहिबार, मंसिर २५ २०७७

  • मानव अधिकार सम्मान र पुरस्कार अधिकारी र गैरेलाई प्रदान गरिने

    काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले प्रदान गर्ने दयाराम स्मृति मानव अधिकार सम्मान यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीले पाउने भएकी छन् ।
    आयोगले बिहीबार विज्ञप्ति जारी गरी उक्त सम्मान अधिकारीलाई दिने निर्णय गरेको जानकारी दिएको छ । अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्युनीकरणको अभियानमा ३ दशकदेखि काम गर्दै आएकी छन् ।
    आयोगले यस वर्षको मानव अधिकार पुरस्कार भने पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गर्ने भएको छ । गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख र पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र हाल प्रदेश संयोजक छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij