Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण


  • आइतबार, मंसिर २१ २०७७

  • २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १७ जनालृ ज्यान गुमाएका छन् भने १७५२ जना निको भएका छन् ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।यस्तै मृतकको संख्या १५९४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर भएको छ भने कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भ्एको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij