Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु


  • सोमबार, मंसिर १५ २०७७

  • बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु

    बिराटनगर – बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।
    एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।
    एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ । दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
    एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij