Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वीर अस्पतालमा पदाधिकारी प्रवेशमा रोक


  • मंगलबार, मंसिर ९ २०७७

  • वीर अस्पतालमा पदाधिकारी प्रवेशमा रोक

    काठमाडौं – वीर अस्पतालमा आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् ।
    ३६ औँ दिनसम्म पनि माग पूरा नगरेको भन्दै आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पताल परिसरमा पदाधिकारीलाई निषेध लेखिएको कालो ब्यानर टाँगेका छन् ।
    अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टरलगायतलाई अस्पतालमा प्रवेशमा रोक लगाएको चिकितसा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनले जनाएको छ ।

    चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्नेलगायतका माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।

    त्यस्तै उनीहरुले कोरोना बिमा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलव भत्ता, औषधि खरिद खर्च, दसैँ खर्च पनि भुक्तानी गर्न माग राखेका छन् ।

    चिकित्सक र कर्मचारीले गरिव र विपन्नको पहुँच पुग्ने गरी वीर अस्पतालमा पूर्ववत सेवा सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीले अवकाशपछि पाउने उपदान र मासिक तलव भत्तामा नेपाल सरकार उत्तरदायी हुनुपर्ने, राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल अन्तर्गत सञ्चालन हुनुपर्ने माग पनि राखेका छन् ।
    वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघ हाल वीर अस्पतालमा आन्दोलनरत छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij