Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाघको छालासहित चार जना पक्राउ


  • शुक्रबार, मंसिर ५ २०७७

  • बाघको छालासहित चार जना पक्राउ

    बुटवल – बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बुटवलका ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ का २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

    बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान बाघको छाला बरामद गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij