Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युवतीलाई खुकुरी देखाई कुटपिट गर्ने पक्राउ


  • बुधबार, असार ३ २०८३

  • युवतीलाई खुकुरी देखाई कुटपिट गर्ने पक्राउ

    दाङ- तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
    दाङ, तुलसीपुर उपमहानगरपालिका-०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका २०:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
    भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनकै घरबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
    सोही क्रममा तुलसीपुर -०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij