Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ


  • बिहिबार, मंसिर ४ २०७७

  • निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

    काठमाडौं – काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनाको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।
    साइबर ब्युरोले अनुरोध गरेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले विशेष जोशीलाई पक्राउ गरेको हो ।
    थप अनुसन्धानका लागि जोशीलाई ब्युरोमा पठाउने तयारी भक्तपुर प्रहरीको छ ।

    सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यही अनुसार।जोशीलाई पक्राउ गरिएको हो ।
    घटनामा दुर्व्यवहार गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij