Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश सरकारले कैलालीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई २ लाख दिने


  • बिहिबार, कार्तिक ६ २०७७

  • प्रदेश सरकारले  कैलालीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई  २ लाख दिने

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २–२ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
    बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।
    तत्काल परिवारका सदस्यहरुलाई १–१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।
    तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका(असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।
    प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जनाले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij