Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टिभिएसको नयाँ शोरुम सानो भर्‍याङमा


  • सोमबार, असोज २६ २०७७

  • टिभिएसको नयाँ शोरुम सानो भर्‍याङमा

    काठमाडौं – टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्‍याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो ।
    कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्राववले उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुने जानकारी दिए ।
    यस्तै कम्पनीले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको मोटरसाइकल सार्वजनिक गरेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।
    नयाँ मोटरसाइकल सार्वजनिक गर्दै अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’
    १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij