Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानी खाना ‘बेन्तो’ अब भाटभटेनीमा


  • शुक्रबार, असोज २३ २०७७

  • जापानी खाना ‘बेन्तो’ अब भाटभटेनीमा

    काठमाडौं – जापानी खाना ‘बेन्तो’अब भाटभटेनीमा बिक्रि हुने भएको छ । भाटभटेनी सुपर मार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा भित्रिएको हो । यसलाई होक्काइदो रामन हाउसले नेपाल भित्र्याएको हो । ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानकै निगरानीमा नेपालमा तयार पार्छ। यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ। आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने छन्। अहिलेलाई नक्सालको भाटभटेनीमा उपलब्ध हुने विज्ञप्तिमा भनिएको छ।

    बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री गरिने बताइएको छ । होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जापानी खानाको सौन्दर्यलाई कायम राखिएको बताए।

    ‘बेन्तो’ भन्नाले एक जनालाई पुग्ने खाना पसल र रेष्टुँरा ‘टेक आउट’ अथवा घरमै बनार पनि बाहिर बोकेर लान मिल्ने खाना बुझिन्छ। बेन्तोमा प्राय भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेशे हुन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij