Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरमा किशोरीको बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ


  • आइतबार, असोज १८ २०७७

  • भक्तपुरमा किशोरीको बसभित्र  सामूहिक बलात्कार, दुईजना पक्राउ

    काठमाडौं– १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।  भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
    महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका– ८ बाट दुई जनालाई पक्राउ गरेको हो। अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका–१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका– ४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।

    प्रहरीका अनुसार उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको किसोरीले प्रहरीलाई बताएकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij