काठमाडौं– नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले पोखराबाट साढे १० किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं र पोखराबाट खटिएको व्युरोको टोलीले शनिबार ११ बजे पोखरा महानगरपालिका ६ स्कुलमार्गबाट तीन जनालाई पक्राउ गरेको हो। प्रहरीको विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा बारपाक सुलिकोट गाउँपालिका– ६का २४ वर्षीय रवि गुरुङ छन्।
उनीहरूबाट प्रहरीले १० किलो ५०० ग्राम अफिम बरामद गरेको छ। साथै लागु औषध नाप्ने डिजिटल तराजु समेत बरामद गरेको छ।
उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
