Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल थपिने, विहिवारको क्याविनेटमा प्रस्ताव पेशहुने सम्भावना


  • बुधबार, भाद्र २४ २०७७

  • विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल थपिने, विहिवारको क्याविनेटमा प्रस्ताव पेशहुने सम्भावना

    काठमाडौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ्‌ले निरन्तरता पाउने भएका छन । भदै २९ गते कार्यकाल समाप्त हुन लागेका घिसिङको पक्षमा सामाजिक संजालमा समेत आवाज उद्‌दै आएको छ । चर्को लोडसेडिङ हटाउन कार्यकुशलता देखाएका घिसिङको म्याद २ वर्ष थप्ने तयारी उर्जा मन्त्रालयको छ ।

    निरन्तर घाटामा गइरहेको प्राधिकरणलाई घिसिङले नै नाफामा पुर्‍याएका हुन । उनले शहरी क्षेत्रमा विद्युत केवल भूमिगत बनाउने कामको समेत सुरुवात गरेका छन । प्राधिकरणलाई व्यवसायीक बनाउन कुशल नेतृत्व गरेका घिसिङले आगामी दुई वर्षमा प्राधिकरणमा थप सुधार गर्न बाँकी रहेको बताउँदै आएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij