Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच सम्झौता


  • बुधबार, भाद्र ३ २०७७

  • नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच  सम्झौता

    काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यस्तो सम्झौता गरिएको हो।

    यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरेर वायरबार्लीको मोबाइल एप वा अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन्।

    वायरबार्ली मोबाइल एप डाउनलोड गर्न सकिन्छ। वायरबार्ली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै जम्मा हुने बताइएको छ।

    वायरबार्लीबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार बढी भुक्तानी काउन्टरहरुबाट समेत प्राप्त गर्न सकिन्छ।

    यो बैंकको ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत सजिलै रकम पठाउन र पाउन सहज हुने विश्वास लिइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij