Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ३३८ जनामा कोरोना संक्रमण


  • सोमबार, साउन २६ २०७७

  • थप ३३८ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा९२ संक्रमित थपिएकाथिए । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ४४ सहित देशभर ३३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने आज ८ हजार ४३२ जनाको परीक्षण भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij