Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण


  • शुक्रबार, साउन १६ २०७७

  • उच्च अदालत जनकपुरका  एक न्यायाधीशमा कोरोना संक्रमण

    जनकपुर- उच्च अदालत जनकपुरका थप एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। ५० वर्षीय ती न्यायाधीशमा शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

    गत साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीको स्वाब संकलन भएको थियो, जसमध्ये ती न्यायाधीशमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईले जानकारी दिए।

    संक्रमित भए पनि न्यायाधीश हाल उनी क्वार्टरमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छन्। यता न्यायाधीश संक्रमित भएपछि उच्च अदालत जनकपुरले निश्चित काम-कारबाहीबाहेक अन्य सबै काम साउन ३१ गतेसम्मका स्थगित गर्ने निर्णय गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij