Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले छोड्दैन – घिमिरे


  • आइतबार, साउन ११ २०७७

  • उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले छोड्दैन –   घिमिरे

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियारमा घुस मागेको उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले नछोड्ने बताएका छन् । आज प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले समात्छ ।

    अख्तियारको वार्षिक प्रतिवदेनमाथिको छलफलमा सांसदहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको, ठूला माछालाई छोड्ने गरेको भन्दै प्रश्न गरेपछि आयोगमा उजुरी परे कसैलाई छोड्ने कसैलाई समात्ने भन्ने नहुने बताए ।अहिलेसम्म मन्त्री र सचिवमाथि उजुरी नपरेको उनले स्पष्ट पारे ।
    उनले निर्वाचन महंगो भएका कारण पनि भ्रष्टाचार बढिरहेको बताए । एउटा वडाध्यक्ष हुन २५ देखि ३० लाख खर्च गर्ने, सांसद जित्नका लागि १ करोड मागेर खर्च गर्नुपर्ने अवस्था रहेको बताए । निर्वाचन प्रणाली खर्चिलो भएकोले त्यो पैसा उठाउनका लागि पनि भ्रष्टाचार बढिरहेको प्रमुख घिमिरेको दावी छ ।
    यस्तै प्रमुख आयुक्त घिमिरेले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रक्रिया प्रकरणमा छानविन भइरहेको बताएका छन् । आयोगले यो विषयलाई प्राथमिकताका साथ अध्ययन गरिरहेको उनले बताए । अहिले यसबारे बयान लिने काम भइरहेको उनले बताए । सो प्रिटिङ प्रेस खरिद प्रक्ररणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।
    यस्तै घिमिरेले मन्त्रिपरिषदबाट हुने खरिद प्रक्रियालाई अख्तियारले हेर्ने गरी कानून बनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषदको निर्णयलाई हेर्न वस्तुपरक कानून नभएकोले आयोगले हेर्न नसकेको बताउँदै त्यसका लागि ठोस नियम बनाउने जिम्मेवारी संसदकै भएको उल्लेख गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij