Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा


  • मंगलबार, साउन ६ २०७७

  • साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा

    काठमाडौं– साउन ८ देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

    छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।
    उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।
    सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न माग राख्दै गागी चलाउन अटेर गरेका थिए । अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij