Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फरार अभियुक्त पक्राउ


  • मंगलबार, असार ९ २०७७

  • फरार अभियुक्त  पक्राउ

    काठमाडौं – लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
    जबरजस्ती करणीसम्बन्धी मुद्दामा अघिल्लो वर्ष ३ असारदेखि फरार रहेका राजन महर्जन र चोरी एवं लागुऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार राजनलाई वसन्तपुर र रोमनलाई बलम्बुबाट पक्राउ गरिएको हो ।
    ‘राजन वारदात मितिबाटै फरार थिए भने रोमनलार्य काठमाडौं जिल्ला अदालतले एक महिना १६ दिन कैद र १४ हजार जरिवाना हुने ठहर गरेको थियो । ‘दुवै जनालाई जिल्ला अदालत उपस्थित गराइएको थियो र आदेशानुसार पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij