Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगनको प्रश्नको उत्तर खोज्दै जनता सडकमा


  • शुक्रबार, जेष्ठ ३० २०७७

  • गगनको प्रश्नको उत्तर खोज्दै जनता सडकमा

     

    नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा नेपाली जनताको मनमा गुम्सिएका प्रश्नहरुलाई प्रभावकारी ढंगबाट उठाए । जुन प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीपरिषद्का सदस्यहरुले चित्तवुझ्दो ढंगबाट दिन सकेनन् ।
    कोरोना महामारिको प्रारम्भिक दिनदेखी नै सरकार आफ्नो कार्यसम्पानमा चुक्दै गयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको घरमा पाहुना आएदेखी विनियोजन विध्येयकका बारेमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने बेलासम्म सरकारले एकपछि अर्को गर्दै गल्तिका खातहरु लगाउँदै गयो ।
    स्वास्थ्य सामग्री खरिदमा ओम्नी समुहको रहस्यमय संलग्नताले महामारीका बेला सरकारको गैरजिम्मेवारीपना छताछुल्ल पोखियो । भ्रष्टचारको प्रष्ट तस्विर जनताले देखेपछि ओम्निसंगको सहकार्य तोड्न सरकार बाध्य भयो । विना तयारीको लकडाउन र फितलो नियन्त्रण प्रयासले जनता त्यसैपनि आजित थिए । त्यहिबेला दल विभाजन सम्बन्धि र सम्बैधानिक नियुक्ति सम्बन्धी अध्यादेशले विश्वव्यापी रुपमा महामारि फैलिरहेको विषयलाई नै ओझेल पारिदियो । सत्तारुढ दल भित्रको किचलो उत्कर्षमा पुग्दा जनताका समस्याका बारेमा सरकार रतिभर पनि गम्भिर देखिएन ।
    सेना मार्फत गरिएको खरिद प्रक्रिया पनि विवादित बन्न पुग्यो । पिसिआर परिक्षणको अवस्था दयनिय देखियो । भारतबाट फर्किनेहरुको दशगजामा विजोग भयो । राजधानी र अन्य जिल्लाहरुबाट मानिसहरु हप्तौ लगाएर भोकैप्यासै खुट्टाबाट रगत चुहाउँदै आफ्नो गाउँघर पुग्नु पर्ने परिस्थिती देखियो । लकडाउनका बेला निम्नवर्गका श्रमिकहरुले राहतका नाममा अन्यको गेडो देख्न पाएनन् ।
    सधै सर्वहारा वर्गको गित गाएर नथाक्ने कम्युनिष्ट सरकारको मुखुण्डो कोरोना भाइरसले उधारिदियो । तर सत्ता सञ्चालकहरुमा कुनै गम्भिरता र सम्बेदनता देखिएन । बरु प्रधानमन्त्रीदेखी मन्त्री र नेकपाका नेताहरुको कर्कस असन्तुष्टि आइनै रह्यो ।
    पिडामा परेका वर्ग, क्षेत्र र समुदायको हितमा काम गर्नु भन्दा कर असुल्ने, कालाबजारीलाई प्रोत्साहित गर्ने र अत्यावश्यक सेवाको दायित्वबाट सरकार पन्छिदै गयो ।
    संसदमा उभिएर प्रधानमन्त्रीले घण्टौ लगाएर भैँसीका कथा सुनाए । बेद र आर्युवेदका आर्दश छाँटे । अप्रमाणित र प्राविधिक विषयका ज्ञाताका रुपमा प्रस्तुत भए । प्रेस, नागरिक समाज र प्राज्ञिक क्षेत्रको हुर्मत लिए । अनि गगन थापाहरुका प्रश्नहरुलाई अनेक तानाबाना बुनेर पन्छाए ।
    हो, त्यहि भएर अहिले नागरिकहरु शोस्र्फुत रुपमा सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका छन् । उनीहरुको जाहेज मागलाई सम्बोधन गर्ने भन्दा दमन गर्ने तर्फ नै सरकार अघि बढेको छ । जसले गर्दा नागरिकमा विरोधको ज्वाला दिनप्रतिदिन दन्किदै गएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij