Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज २७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्य ४ सय २ पुग्यो


  • मंगलबार, जेष्ठ ६ २०७७

  • आज २७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्य ४ सय २ पुग्यो

    काठमाडौं । आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
    मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमण देखिएको जिल्ला ३६ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij