Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनसरीमा लागूऔषधसहित एक जना पक्राउ


  • बुधबार, बैशाख ३१ २०७७

  • सुनसरीमा लागूऔषधसहित एक जना पक्राउ

    सुनसरी,

    सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरस्थित रामधुनी जाने
    जंगलको बाटोबाट बैशाख ३० गते एपीएफ टोलीलेकिसिमको लागूऔषधसहित
    एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका १ लौकही बस्ने १९ बर्षिय
    रोशन झा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराबाट खटिएको एपीएफ
    टोलीले पक्राउ गरेको हो ।

    स १० प ४६९२ नम्बरको मोटरसाइकलमा सवार निज झालाई एपीएफ टोलीले शंका लागि
    जाँच गर्दा उनको साथमा डाईलेस डिसी ६५ बोतल, स्मास्मो प्रोक्सिभन १ हजार
    ४ सय ४० वटा, लिजिक इन्जेक्सन १ सय ५० एम्पुल, डाईजिल्याब इन्जेक्सन १ सय
    ५० एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय ५० एम्पुल र
    फेन्सीडिल न्यू दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

    एपीएफ टोलीले त्यसवेला निज झाको साथबाट मोबाईल सेट एउटा, घडी एउटा,११
    हजार ८ सय १० नेपाली रुपैयाँ, १ हजार २ सय ३० भारतीय रुपैयाँ तथा
    उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।

    पक्राउ परेका निज झालाई बरामद लागूऔषध र सामानसहित आवश्यक कारवाहीको
    लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij