Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कान्तिपुरले भन्यो : पत्रकारलाई वेतलवी विदामा राखिएको छैन


  • शुक्रबार, बैशाख १२ २०७७

  • कान्तिपुरले भन्यो :  पत्रकारलाई वेतलवी विदामा राखिएको छैन

    काठमाडौ – मुलुकको अग्रणी संचारगृह कान्तिपुर मिडिया ग्रुपले कुनै पनि कुनै पनि पत्रकारलाई वेतलवी विदा नदिएको प्रष्ट पारेको छ । नेपाल पत्रकार महासंघलाई आज पत्र लेख्दै कान्तिपुरले पत्रकारलाई विदा दिए पनि वेललवी नराखेको जनाएको हो । महासंघले आज विज्ञप्ती जारी गर्दै कान्तिपुरले पत्र लेखेर पत्रकारलाई वेतलवी नराखेको र परिश्रामिक नियमित रहेको जानकारी गराएको जनाएको छ । महासंघद्धारा जारी विज्ञप्ती यस्तो छ :

    नेपाल पत्रकार महासंघको यही बैशाख ११गते सम्पन्न उपलब्ध केन्द्रीय समिति बैठकले कोरोना सक्रमणले उत्पन्न गराएको अहिलेकोसंकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दबाबपूर्ण बेतलवी विदामाराख्ने तथा समयमै पारिश्रमिक उपलब्ध नगराउने जस्ता समस्या देखिएकाले त्यसलाई तत्कालरोकी श्रमजीवी पत्रकारहरुका समस्या सम्वोधन गर्न आग्रह गर्नुका साथै सोको समाधानकालागि विभिन्न पत्रकार संगठनहरुसँग समेत सहकार्य गरेर दबाबमूलकढंगले अघि बढ्ने निर्णय गरेको थियो । बैठकका निर्णयहरु महासंघले विज्ञप्तिमार्फत् हिजै सार्वजनिक गरेको विदितै छ ।

    महासंघको विज्ञप्ति सार्वजनिक भए लगत्तैकान्तिपुर प्रकाशन गृहको व्यवस्थापन पक्षले मौखिक तथा लिखितरुपमा महासंघको विज्ञप्तिमाकान्तिपुरको समेत नाम आएकोमा गम्भीर आपत्ति जनाउँदै आफ्नो प्रकाशन गृहले कसैलाई पनितलव पारिश्रमिक नपाउने गरी विदामा नराखेको जनाएको छ । कान्तिपुरले आफ्नो संस्थाले चैत्र महिनासम्मको सबै श्रमजीवीको तलव, पारिश्रमिक समयभित्रै भुक्तानी गरिसकिएको, कसैलाईपनि बेतलवी विदामा नराखिएको जनाउँदै आगामीv दिनमा पनि समयमै श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक लगायतको सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

    नेपाल पत्रकार महासंघ कान्तिपुर प्रकाशनगृहको श्रमजीवी पत्रकारहरुलाई दबाबपूर्ण बेतलवी विदामा नराखिएको र नराख्ने जनाउँदैआगामी दिनमा पनि समयमै पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्धताप्रति हार्दिक आभार व्यक्त गर्दछ । महासंघ सबै सञ्चार प्रतिष्ठानहरुलाई समयमै पारिश्रमिकलगायत सुविधा उपलब्ध गराउनर श्रमजीवी पत्रकारका समस्या सम्वोधन गर्न आग्रह गर्दछ ।

    महासंघले अहिलेको संकटपूर्ण अवस्थालाईमध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्वोधनका लागि राहत सुविधाउपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

    कोरोना संक्रमणको उच्च जोखिम मोलेरजनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आमसञ्चारकर्मी साथीहरुलाई आफ्नो सुरक्षाप्रतिसंवेदनशील भएर सत्यतथ्य र जनचेतनामूलक समाचार सामग्री सम्प्रेषण गर्न महासंघ आव्हान गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij