Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१० डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान


  • मंगलबार, बैशाख ९ २०७७

  • १० डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान

    काठमाडौँ – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

    नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उनिहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए । डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा हुनुभएको हो । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उहाँहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
    प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको गत चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

    प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिमेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिए । प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रमुखका रुपमा खटी जाने प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिए ।

    कोभिड १९ को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न समेत उहाँले निर्देशन दिएका थिए ।

    पदोन्नति भएका अधिकृतको तर्फबाट प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सङगठनले अङ्गिकार गरेका नीति एवम् जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij