Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोभिड–१९ : सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति


  • सोमबार, चैत्र १० २०७६

  • कोभिड–१९ : सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति

    धनुषा  : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

    प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिनुभयो ।

    प्रहरी नायब उपरीक्षक कार्कीले आज पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिरहेको बताउनुभयो । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij