काठमाडौं – सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको मूल्य ७६ हजार ५ सय तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य पनि तोलामा १ हजारले वृद्धि भएर ७६ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।
सुनको मूल्यमा वृद्धि हुँदा बुधबार चाँदीको मूल्य भने स्थीर रहेको छ ।
मंगलबार प्रतितोला ८० रुपैयाँले घटेर ७१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
