Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईपे रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध


  • शुक्रबार, फाल्गुन ३० २०७६

  • आईपे रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध

    काठमाडौं– आईपे रेमिट प्राली नेपाल क्लियरिङ हाउस लिमिटेडको एनसिएचएल–आइपिएस र कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको छ।

    यो व्यवस्थाअनुसार आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमार्फत ‘रियल टाइम’मा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल–आइपिएसमार्फत तोकिएको समयमा कारोबारहरु गर्न सकिन्छ।

    एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहज बनाइरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार रहेकाे बताइन्छ।

    यसमा हालसम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij