Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा


  • बुधबार, फाल्गुन २८ २०७६

  • पोखरा विमानस्थलमा कार्यरत ७१  चिनियाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा

    पोखरा – पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ ।
    कोरोना भाइरस आक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा राखिएको नेपाल नागरिक उड्डयन कार्यालय, पोखरा विमानस्थलले जनाएको छ ।
    चीनदेखि विमानस्थलमा काम गर्न कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ जना नयाँ कामदार चिनियाँ कामदार नेपाल आएका थिए ।मार्च ४, ५ र ६ मा ७१ जना चिनियाँ कामदार नेपाल आएका थिए ।
    चीनदेखि आएका कामदार चीनमै २ हप्ते क्वारेन्टाइनमा बसेको भएपनि सुरक्षाकोे दृष्टिकोणले नेपालमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

    निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा २८० नेपाली र १९० चिनियाँ कामदार कार्यरत छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij