झापा – प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली र दुई वटा खोका बरामद भएको छ । गौतमलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमकमा राखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
