काठमाडौं – बुद्ध एयरले शुक्रबारबाट सबै यात्रुको ज्वरो नाप गर्न थालेको छ ।
विमान चढ्न जानुअघि ‘चेक–इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्यो भन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई घर पठाउन थालिएको बुद्ध एयरले जनाएको छ । बुद्धले काठमाडौंबाट उड्नु अघि र अन्य गन्तब्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको हो ।
त्यसअघि बुद्ध एयरले सम्पूर्ण बस, जहाज र आफ्नो उडान कर्मचारीमा कोरोनाको संक्रमण नहोस् भनी विशेष सरकसफाई गरेको जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण भित्रनै नदिन सतर्कताको काम थालिएको कम्पनीको भनाइ छ ।
यसअघि वायुसेवा कम्पनीहरुले ज्वरो आएमा हवाई यात्रा नगर्न र त्यसको साटो टिकट रद्द गरी पैसा फिर्ता लैजान आहृवान गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
