Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईएमक्युबीच सम्झौता


  • बिहिबार, फाल्गुन २२ २०७६

  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईएमक्युबीच सम्झौता

    काठमाडौं – अन्तरराष्ट्रिय रेमिटान्स कम्पनी ईएमक्यु र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच रेमिटान्स कारोबार सुरु गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात जापान, युएई र जोर्डन स्थित उपभोक्ताहरुले ईएमक्युको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईएमक्यु लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गरेका हुन । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार ५ सयभन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij