प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण बुधबार हुँदैछ । ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौला निष्कृय बन्न थालेपछि दोस्रो पटक प्रत्यारोपण गर्न परेको हो ।
लामो समयदेखी मृगौला रोगबाट पीडित बनेका ओलीको रोगसंग लड्ने क्षमता र आत्मबल निकै उच्च छ । रोगसंग लड्दै राजनीतिक यात्रालाई अघि बढाएका ओली यस विचमा पार्टी अध्यक्ष र दुई पटक प्रधानमन्त्री बने । राजनीतिक सक्रियतामा कुनै कमि आएन । सुगमदेखी दुर्गमसम्म ओलीका पाइला अविचलित रुपमा चले ।
रोग जो कसैलाई लाग्न सक्छ । तर सबैले रोगसंग ओलीकै शैलीबाट लड्न सक्दैनन् । रोग विरुद्ध लड्ने उनको अदम्मे शाहस अरुका लागि पनि अनुकरणिय छ । रोगबाट मुक्ति पाउन सबै भन्दा ठुलो कुरा व्यक्तिको आत्मबल बलियो हुनुपर्छ भन्ने कुरा ओलीले पुष्टि गरेका छन् ।
ओलीको स्वास्थ्यका बारेमा यतिबेला मुलुकको ध्यान केन्द्रीत भएको छ । छिमिके राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको स्वास्थ्य अवस्थाबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
