काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। प्रधानमन्त्रीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन्।
ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।
पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो। शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
