Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा


  • शुक्रबार, फाल्गुन १६ २०७६

  • गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

    काठमाडौं – पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।

    “मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,” बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
    मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए ।

    https://www.facebook.com/gokulprasadbaskota/photos/a.1983456235314728/2549774965349516/?type=3&theater

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij