Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राइम बैंकले पायो कैलाश विकास बैंकलाई गाभ्न अन्तिम स्वीकृति


  • बिहिबार, फाल्गुन १५ २०७६

  • प्राइम बैंकले पायो कैलाश विकास बैंकलाई गाभ्न अन्तिम स्वीकृति

    काठमाडौं– प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई गाभ्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।
    गत असोज दोस्रो साता मर्जरका लागि सैद्धान्तिक सहमति पाएका प्राइम र कैलाशले गत साता अन्तिम स्वीकृति पाएका हुन् ।

    दुई बैंकबीच गत असार २० मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो भने गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ भने निक्षेप एक खर्ब २८ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जपछि देशभर २०० वटा शाखा हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij