Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनुषामा बम विष्फोट गराउने योजनाकार पक्राउ


  • बिहिबार, फाल्गुन १ २०७६

  • धनुषामा  बम विष्फोट गराउने योजनाकार पक्राउ

    सप्तरी – धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरि भएको घटनाका मुख्य आरोपीमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    नेत्रबिक्रम चन्द (विप्लव) समूहका प्रदेश २ ब्युरो सदस्य इन्दलप्रसाद साह पक्राउ परेका हुन् ।
    ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरबाट साहलाई पक्राउ गरेको हो । धनुषाको धनुषाधाम नगरपालिका–६ सरस्वतीपुर निवासी ३४ वर्षीय साह केही महिनाअघि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु हुनेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटका योजनाकार समेत रहेको प्रहरीको आरोप छ ।
    साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कार्वाहीका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले अहिलेसम्म आदम राईसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij