Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आठ जना भारतीय पर्यटकको मृत्युपछि एभरेष्ट पानोरमा रिसोर्ट निलम्बित


  • मंगलबार, माघ २८ २०७६

  • आठ जना भारतीय पर्यटकको मृत्युपछि एभरेष्ट पानोरमा रिसोर्ट निलम्बित

    काठमाडौं – मकवानपुर जिल्लाको थाहा नगरपालिका– ४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको छ ।
    यही माघ ६ गते होठलमा बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि निलम्बन गरेको हो ।
    पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा प्रर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले सचिवस्तरीय निर्णय गरी ३ महिनाका लागि निलम्बन गरिएको पर्यटक विभागले जनाएको छ ।
    निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।
    साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणरवातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij