Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजधानीका विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ


  • आइतबार, पुष २७ २०७६

  • राजधानीका विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ

    काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका ४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
    यसैगरी, चन्द्रागिरी नगरपालिका ३ थानकोटस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३० वर्षीय हरि श्रेष्ठ लगायत ७ जनालाई नगद ३१ हजार ५ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी, चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने ५० वर्षीय दल कुमार एडीको घरमा जुवातास खेलिरहेको अवस्थामा एडी लगायत ७ जनालाई नगद ७० हजार रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij