Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना


  • मंगलबार, पुष २२ २०७६

  • धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना

    काठमाडौं –नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई बोर्डका अध्यक्षमा नियुक्त गरेको हो।

    ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि अर्थमन्त्रीको सिफरिसमा बोर्डको विज्ञ सदस्यको रुपमा मनोनित भएका थिए ।

    गत सोमबार भएको योग्यता र प्रस्तुतिकरणपछि बोर्डको अध्यक्षका लागि ५ जनाबाट तीनजना छनौट भएका थिए। त्यसपछि छनौट समितीले अर्थमन्त्रालयमा तीन जनाको नाम सिफरिस गरेको थियो।

    केही दिनअघि नै अर्थमन्त्रालयले ढुंगानासहित अन्य दुई जनाको नाम प्रधानमन्त्री कार्यालयमा पठाएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij