काठमाडौं – मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ।
यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ। प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
