काठमाडौं – प्रहरीले मलद्वारमा लुकाएर ल्याइएको ११ सय ग्राम सुनसहित दुईजना भारतीय पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय प्रहरी अपराध महाखाको संयुक्त टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नविन गोपिचन र भरत सुरेश लाल रहेका छन् ।
उनीहरु दुवईबाट एयर अरेबियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । प्रहरीले उनीहरुले सुन ल्याएको सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई चेकजाँच गर्दा सुन नभेटिएपछि एक्सरेका लागि काठमाडौं मेडिकल कलेज लगिएको थियो । एक्सरे गर्दा उनीहरुले मलद्वारमा सुन राखेको भेटिएपछि फेरि विमानस्थलको शौचालयमा लगेर सुन निकाल्न लगिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
