काठमाडौं –आफ्नै श्रीमती २५ वर्षीया उषा पनेरू नेपालको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। उषालाई डोरीले घाँटी कसी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
