Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खैरो हेरोइनसहित तीन पक्राउ


  • सोमबार, पुष १४ २०७६

  • खैरो हेरोइनसहित तीन पक्राउ

    कैलाली-लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली जानकी गाउँपालिका १ दुर्गौलीबाट सवारीसाधनसहित तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भारत लखिमपुर खिरी तीनकुनिया ग्राम पञ्चायत उत्तर प्रदेशका ४६ वर्षीय सुनिल गुप्ता, कैलाली लम्की चुहा नगरपालिका१ का ३६ वर्षीय राजु अवस्थी र सोही ठाउँका २१ वर्षीय असलम कुरेसी छन्।

    उनीहरूको साथबाट २० ग्राम ३२० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरू सवार युपी३१के ८९७२ र प्रदेश २ ०३ लम्की००५प ७७२६ नम्बरको मोटरसाइकल पक्राउ परेको प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij