Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चार राजदूतलाई दिइयो थप जिम्मेवारी


  • बुधबार, पुष ९ २०७६

  • चार राजदूतलाई  दिइयो थप जिम्मेवारी

    काठमाडौँ – सरकारले चार राजदूतलाई थप जिम्मेवारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय नेपाली राजदूत पदमासमेत नियुक्त गरिएको हो ।
    मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, फ्रान्सका लागि नेपाली राजदूत दीपकराज अधिकारी, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई सरकारले थप जिम्मेवारी दिएको हो ।
    जसअनुसार पाण्डेलाई गणतन्त्र फिलिपिन्सका लागि, अधिकारीलाई मोनाकोका लागि, दाहाललाई न्यूजिल्याण्डका लागि र भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूतको जिम्मेवारी थपिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij