Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न


  • सोमबार, मंसिर ३० २०७६

  • गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं –गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५प्रतिशतनगदलाभांशवितरण गर्ने प्रश्तावपारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित भएको छ ।

    हाल २ अर्ब ७८ करोड ८३ लाख ६८हजार रुपैंया चुक्ता पूँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९हजार पुगेको छ । साधारण सभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिकाबन्द रहेकोमा २०७६ मंसिर १२गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकको हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij