Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस


  • मंगलबार, मंसिर १७ २०७६

  • सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस

    काठमाडौं – न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।
    उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन्। उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन्।
    त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्।
    बैठकले पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ। भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा
    र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा भएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij