बागलुङ – बाग्लुङ जीप दुर्घटनामा परेर मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ। बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको जिप दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरु
सुचना कार्की
धनबहादुर कार्की
बसुन्धरा कार्की
माया थापा
भुमा कार्की
लक्ष्मी केसी
सीता कार्की
अनुस्का कार्की,
झवि कार्की
महेन्द्र कार्की
भूमि कार्की
मीना बस्नेत
तुलसी कार्की
धनबहादुर कार्की
घाइते हुनेहरुमा रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
